खेलाडीहरुलाई व्यक्तित्व विकास तालिम

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-२५
  • |
  • 355 पटक हेरिएको

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीको व्यक्तित्व विकासलाई लक्षित गरी तालिम आयोजना ग¥यो।

एकदिने तालिमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे।

अन्तर्राष्ट्रिय खेलाडी तथा सम्भावना भएका खेलाडीहरुलाई प्रशिक्षण दिएको आयोजक संघका अध्यक्ष दिपक श्रेष्ठले जनाएका छन्। विभिन्न दश खेलका ५० जना खेलाडी सहभागी थिए। 

तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कबड्डी, पौडी र भारोत्तोलन संघसंग आवश्यक समन्वय तालिम सञ्चालन गरिएको संघले जनाएको छ। खेलाडीहरुलाई मिस नेपालदेखि अनुभवी सन्चारकर्मीहरुले व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey