पलेशालाई कांग्रेस पार्टी कार्यालयमा नगद ५ लाखसहित सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-२३
  • |
  • 215 पटक हेरिएको

ललितपुर । नेपाली कांग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गरेका हुन् ।

ऐतिहासिक पदक विजेता पलेशाले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउँदा प्रशिक्षक कविराज नेगी लामाले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महताले नगद ५० हजार प्राप्त गरे । टिम म्यानेजर रामप्रसाद श्रेष्ठ र तेक्वान्दो संघलाई कदरपत्र प्रदान गरिएको थियो ।

[हेरौं यो भिडिओ]

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey