रेडियन्ट रिडर्समा थ्री वन थ्री बास्केटबल हुँदै

Kelmi

  • |
  • २०८१-०५-२०
  • |
  • 574 पटक हेरिएको

काठमाडौं । आगामी भदौ २८ गतेदेखि उपत्यकाव्यापी अन्तरविद्यालय थ्री वन थ्री बास्केटबल प्रतियोगिता हुने भएको छण्।

रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा दुई दिनसम्म थ्री वन थ्री बास्केटबल प्रतियोगिता हुन लागेको हो। बिहीबार सानेपास्थित आफ्नै विद्यालयमा पत्रकार सम्मलेन आयोजना गर्दै रेडियन्ट रिडर्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसर यो प्रतियोगिता आयोजना गर्दै छ। 

यस प्रतियोगितामा उपत्यकाका ५० भन्दा बढी विद्यालयका छात्र र छात्रामा गरी २५० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। ब्वाइजमा २४ र गर्ल्सतर्फ १६ विद्यालयको सहभागिता लक्ष्य राखिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुने ५ हजार नगद पुरस्कार ट्रफी पाउनेछन्। 

विद्यालयका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले खेलकुदको विकासका लागि विद्यालय तहबाटै खेल विकास आवश्यक रहेको र त्यसका लागि विद्यालय तहमा खेललाई अनिवार्य रूपमा समावेश गर्नु पर्ने बताए। उहाँले यस रजत महोत्सवका अवसर क्रिकेटका प्रतियोगिता पनि आयोजना गर्ने उल्लेख गरे।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal