कास्य पदक विजेता गोवर्धनलाई कर नकटाइ ६५ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१९
  • |
  • 645 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख पुरस्कार दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा वुधवार आयोजित  बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पलेशा गोवर्धनलाई पुरस्कारको पूर्ण रकम कर नकटाइ दिने स्पष्ट गरेका हुन्। पेरिस पारा-ओलम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्। उनी पारा-ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट विश्वस्तरको खेल प्रतिस्पर्धामा गएका खेलाडीहरूले केहि दिन्छन् कि, केही लिएर आउँछन् भनेर आशा राख्ने गरेको टिप्पणी गर्दै, “नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भनेको छु। यस पटक हामीले पारा-ओलम्पिकमा मात्र उपस्थिति जनाएका छैनौँ, हस्तक्षेप र दखल पनि दिएका छौँ। पलेशाको जित नेपालीको जित हो। यसले हामीलाई ठूलो खुसी र नेपालको इज्जत बढाएको छ,” भने ।

प्रधानमन्त्री ओलीले यो कीर्तिमान इतिहासमा लेखिने भन्दै पुराना कीर्तिमान तोड्नुपर्ने र नयाँ रेकर्ड स्थापित गर्नुपर्ने कुरामा जोड दिए। “हाम्रो कीर्तिमानको यात्रा सुरु भएको छ। एउटै रेकर्डमा चित्त बुझाएर बस्नु हुँदैन,” उनले थपे।

सो अवसरमा, प्रधानमन्त्री ओलीले पलेशाको खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीहरूलाई पनि सम्मानित गरेका थिए।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal