तीजको अवसरमा र्‍यापिड चेस प्रतियोगिता हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१९
  • |
  • 571 पटक हेरिएको

हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिलाहरूका लागि विशेष र्‍यापिड चेस प्रतियोगिता ‘तीज स्पेशल टोर्नी २०२४’ आयोजना गर्ने भएको छ। एकदिने प्रतियोगिता शुक्रबार उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन हुनेछ।

प्रतियोगितामा ३० जना महिला खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले बताइन् “महिलाहरूको पर्व तीजको अवसरमा दिदीबहिनीहरूले चेस खेल्दै रमाइलो गर्न र एकअर्कालाई साथ दिँदै महिला सशक्तिकरणमा थप ऊर्जा दिनको लागि यो प्रतियोगिता आयोजना गरिएको हो। स्वीस प्रणालीअनुसार पाँच चरणमा हुने प्रतियोगितामा केवल महिला खेलाडीहरू मात्रै सहभागी हुन पाउनेछन्, र प्राविधिक पक्ष पनि महिलाले नै सम्हाल्नेछन्।”

‘तीज स्पेशल टोर्नी २०२४’ मा प्रत्येक खेलाडीलाई हरेक खेलमा १० मिनेटको खेल समयसहित अतिरिक्त १० सेकेन्डको समय उपयोग गर्न दिइनेछ। प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कार र मेडल प्रदान गरिनेछ।

हिमालयन चेस एकेडेमीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको यो तेस्रो अवसर हो। यसअघि, असार ८–९ गते एसईई कप र साउन ५ गते हिमालयन १०० (फिडेको १००औं वार्षिकोत्सवको अवसरमा गिनिज वल्र्ड रेकर्ड्सको लागि) सफलतापूर्वक आयोजना गरिसकेको छ।

एकेडेमीले चेसको प्रशिक्षण र प्रतियोगिता आयोजना सँगै व्यवस्थापन पनि गर्दै आएको छ। हप्ताको दुई दिन विभिन्न कोर्समा ७३ जना खेलाडी/विद्यार्थीलाई नियमित प्रशिक्षण दिने साथै अनलाइन चेस प्रशिक्षण पनि सञ्चालन गर्दै आएको छ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal