केएफसी कर्पोरेट टी-१० क्रिकेट शनिबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१९
  • |
  • 692 पटक हेरिएको

काठमाडौं । एरोस सोल्यूशन प्रा.लिको गेटसेटगेमले आयोजना गर्न लागेको केएफसी कर्पोरेट टी-१० क्रिकेट प्रतियोगिता सेप्टेम्बर ७,  (शनिबार) देखि काठमाडौंको चुनीखेल, कापनस्थित रोयल स्पोर्ट्स पार्कमा सुरु हुँदैछ।

नेपालको पहिलो ओभल इनडोर मैदानमा आयोजना हुने यो प्रतियोगितामा ८ टोलीहरू प्रतिस्पर्धा गर्नेछन्। गत संस्करणको च्याम्पियन क्लाउडफ्याक्ट्रीसहित, क्रिएसन, केएफसी, टाकेओ नेपाल, सूरी टेक्नोलोजी, बजरत्न एजेन्सी, भ्याली ग्रुप, र सबिसु यस प्रतियोगितामा भाग लिनेछन्। 

प्रतियोगिताको संरचना लिग कम नकआउट आधारमा हुनेछ। ८ टोलीहरूलाई २ समूहमा विभाजन गरिनेछ, जसका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पोखरामा २ रात, ३ दिनको बसाई प्याकेज प्रदान गरिनेछ। यसका अतिरिक्त, होटेल सवारोवर, मिनिसो, काठमाडौं अर्गानिक्स, केएफसी, नेपमेड, र न्यूट्री एन्ड डाइटका तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरिनेछ।

एरोस सोल्यूशनका व्यवस्थापकीय निर्देशक राज जंग थापाले पत्रकार सम्मेनलनमा भने, "हामीलाई यो प्रतियोगिता आयोजना गर्दा गर्व लागेको छ। यसले कर्पोरेट खेलकुदमा नयाँ उचाइलाई छुन मद्दत गर्नेछ र सहभागी टोलीहरूलाई एक रोमाञ्चक अनुभव दिनेछ।" 

पत्रकार सम्मेलनमा नेपाली महिला क्रिकेट टिमकी उपकप्तान विन्दू रावल र प्राविधिक संयोजक रविन्द्र गुप्ता, मुख्य प्रायोजक केएफसीका नीति बस्नेत, काठमाडौं अर्गानिकका डाइरेक्टर भुवन केसी, इको एडकी निशा श्रेष्ठ, हेटेल सरोबरकी सेल्स एन्ड मार्केटिङ हेड अनु महर्जन, चिरायु हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर नवराज भुजेलको सहभागिता रहेको थियो ।

प्रतियोगिता कम्पनीहरूको बीचमा खेलकुद र मित्रवत प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गरिएको हो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey