आर्मीको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१९
  • |
  • 625 पटक हेरिएको

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा विजयी सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा आर्मीले पहिलोपटक लिग खेलिरहेको संकटा फुटबल क्लबलाई ४–० गोलले पराजित गरेको हो। 

जितसँगै यस सिजको लिगमा सुखद सुरुआत गरेको आर्मीले तीन अंक जोडेको छ। पराजित संकटा भने अंक विहिन छ। 

खेलको २२औं मिनेटमा आर्मीले सावित्रीदेबी मगरको गोलमार्फत सुरुआती अग्रता लियो। 

पहिलो हाफमा १–० गोलले अग्रता बनाएको आर्मीका लागि ६५औं मिनेटमा विमला चौधरीले गोल गरेपछि खेलमा २–० को अग्रता बनायो। 

खेल ७१औँ मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गरिन्। त्यसपछि अनीता लम्जेलले ७७औं मिनेटमा गोल गर्दै आर्मीलाई ४–० गोलको जित दिलाइन्।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal