हामीसँग पनि ओलम्पिक पदक छः पलेशा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१९
  • |
  • 408 पटक हेरिएको

पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धन काठमाडौं फर्किएकी छिन् ।

वुधबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङसहित राखेपका विशिष्ट व्यक्तिहरु र विभिन्न खेल संघका पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट मन्त्री, सदस्यसचिव र पदक विजेता पलेशासहितको गाडीलाई नगर परिक्रमा गराइएको थियो । पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याएर स्वागत गरिएको छ ।

सो अवसरमा विभिन्न व्यक्तिहरुलाई पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई विशेष सम्मान व्यक्त गरे । कार्यक्रममा पदक विजेता पलेशाले अब नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा आफू निकै उत्साहित भएको बताइन् ।

आफूले प्रतियोगितामा नेपालको झण्डाका लागि प्रतिस्पर्धा गरेको स्मरण गर्दै पदक सबै नेपालीको भएको बताइन् । उनले साथ र समर्थन गर्ने धन्यवाद पनि दिइन् । यसैगरी प्रशिक्षक नेगीले प्रतियोगिता खेल्न जाँदा स्वण पदककै अपेक्षा गरे पनि प्राविधिक कारणले कास्य पदकमा चित्त बुझाउन परेको स्मरण गरे । तर, कठिन परिश्रम र मेहनतका कारण पलेशाले हासिल गरेको सफलताले निकै खुसी भएको पनि सुनाए । उनले नेपाली खेलकुदलाई माया गर्नका लागि सबैलाई अनुरोध पनि गरेका छन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey