बेलायतमा गजेन्द्रले जिते ‘नेप्ब्रिज गल्फ’
- नेप्लेज
- |
- २०८१-०५-१९
- |
- 447 पटक हेरिएको
बेलायतमा सम्पन्न नेप्ब्रिज गल्फ प्रतियोगिताको उपाधि गजेन्द्र ‘ग्याज’ गुरुङले जोगाएका छन्। उनले दोस्रो संस्करण पनि जित्दै उपाधि रक्षा गरेका हुन्, जसमा उनले १८ होलको खेलमा ४ अन्डर पार ६८ स्कोर गरेका थिए। प्रतियोगिता क्याम्बर्लीस्थित पाइन रिज गल्फ क्लबमा गोर्खा गल्फ सोसाइटीको आयोजनामा शनिबार भएको थियो।
प्रतियोगितामा नीलकुमार थापा दोस्रो र महेन्द्र फगामी तेस्रो स्थानमा रहे। नेटतर्फ तेज लिम्बु पहिलो, आशबहादुर गुरुङ दोस्रो, र अशोक गुरुङ तेस्रो भए। लिजेन्डतर्फ बालकृष्ण गुरुङ र देव घलेले क्रमशः पहिलो र दोस्रो स्थान हासिल गरे। स्टेबल फोर्डतर्फ पूर्ण गर्बुजा र जीवन फागो प्रथम र दोस्रो बने।
नोभेल्टिजतर्फ तेज लिम्बु, सरोज राई, र प्रशान्त गुरुङले ट्रफी जितेका छन्।
नेप्ब्रिज कम्पनीले प्रतियोगिताको टाइटल स्पोन्सरको भूमिका निभाएको थियो, जसले बेलायतमा विभिन्न व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ। प्रतियोगितामा सयभन्दा बढी नेपाली गल्फरहरूले सहभागिता जनाएका थिए, र विजेता खेलाडीहरूलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरियो।