स्ववियुको विविध खेलकुद कार्यक्रम: फिजिक्सका राजु राईले चुमे चेस उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१८
  • |
  • 513 पटक हेरिएको

त्रिभुवन विश्वविद्यालय क्याम्पस, किर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु.) द्वारा भदौ १६ गतेदेखि २० गतेसम्म अन्तर विभागीय खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ। यस प्रतियोगितामा फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, टाइपिङ स्पीड र बुद्धिचाल खेलहरूको समावेश गरिएको थियो। अध्यक्ष श्यामराज ओझाको निर्देशनमा सम्पन्न यस कार्यक्रमको कुल पुरस्कार राशी १ लाख ९५ हजार रुपैयाँ रहेको थियो।

म्यानेजमेन्ट कमिटीका संयोजक अनोज कार्कीले र्‍यापिड बुद्धिचाल प्रतियोगिता सम्पन्न गराएका छन्। किर्तिपुर स्थित टि. यू. एन्थ्रोपोलोजी हलमा भएको अन्तर विभागीय चेस प्रतियोगितामा १२ विभागका ५४ जना अनरेटेड विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। 

प्रतियोगितामा फिजिक्स विभागका राजु राईले अपराजित खेल खेल्दै प्रथम स्थान हासिल गरेका छन्। उनले ६ अंक जोडेर टि. यू. विश्वविद्यालय चेस च्याम्पियनको उपाधि जिते। राजुले नगद रु. १० हजार पुरस्कार प्राप्त गरे। 

दोस्रो स्थानको लागि निकै कडा प्रतिस्पर्धा देखिएको थियो। ६ चरणको खेलमा तीन जना खेलाडीले समान ५ अंक जोडेका थिए। यस अनुसार, डाइरेक्ट इन्काउण्टर, बुकोल्ज गेम प्वाइन्टस् कट वान, कट टु, र मोष्ट वीन नियमहरू लागू गरिए। फिजिक्स विभागका एलीन आङ्डेम्बेले ५ अंक र टाइब्रेक टु २३.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान प्राप्त गरे र नगद रु. ५ हजार जिते। 

हिस्टोरी विभागका लेनिन बिष्टले पनि ५ अंक बनाएता पनि टाइब्रेक टु २१ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तेश्रो स्थानमा रहे। इलिस लहाल १८ प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थानमा रहे।

सिनियर राष्ट्रिय निर्णायक सोराज ताम्राकारले समान ४.५ अंक बनाएका गौरव कार्की, अनुप सापकोटा, राहुल योङ्हाङ्ग लिम्बू र रामचन्द्र देवकोटालाई पाँचौंदेखि आठौं स्थान निर्धारण गरेका छन्। ४ अंक बनाएका दिपक तिवारी र गोपाल प्रसाईंलाई नवौं र दशौं स्थानमा राखिएको छ।

विश्वविद्यालय त्रि.वि.का रजिस्ट्रार पुष्पराज जोशीले स्व.वि.यु.को सुनौलो इतिहासलाई कायम राख्न अध्यक्ष श्यामराज ओझा सहित २१ जनाको कार्य समिति निरन्तर क्रियाशील रहेको जानकारी दिएका छन्। जोशीले किर्तिपुर नामसँग समकालीन रहेर जोडिएको टि. यू. विश्वविद्यालयको पहिचान देशभरि व्यापक रहेको औल्याए। उनले वर्तमान स्व.वि.यु. नेतृत्वले विद्यार्थीको हकहित र आन्तरिक उत्थानमा आवश्यक पाइला चालिरहेको प्रति सन्तुष्टि जनाएका छन्।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey