लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु, एपिएफ र न्यू डायमण्ड विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१८
  • |
  • 326 पटक हेरिएको

पोखरा। पोखरा १९ लामाचौरमा आजदेखि नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा सञ्चालन भएको यस प्रतियोगिताको महिलातर्फ ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ विभागीय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गर्‍यो। एपिएफले पहिलो दुई सेट २५-१४ को समान स्कोरले जित्यो। तेस्रो सेटमा गण्डकी प्रदेशले २६-२४ को जित निकाले पनि चौथो सेटमा एपिएफले २५-१३ को स्कोरसहित जित हात पारेको हो।

दोस्रो खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै सहज जित हासिल गर्‍यो। न्यू डायमण्डले पहिलो सेट २५-१४, दोस्रो सेट २५-१२, र तेस्रो सेट २५-१७ को सहज जित निकालेको थियो।

पुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३-१ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २५-१७ ले जितेको एपिएफ दोस्रो सेट २५-२७ ले गुमाए पनि तेस्रो सेटमा २५-१६ र चौथो सेटमा २६-२४ को जित निकाल्दै पहिलो जित दर्ता गर्‍यो। दिनको अन्तिम खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३-० को सेटमा पराजित गर्‍यो। प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसले ३०-२८ को जित निकाल्न सफल रह्यो।

राउण्ड रोबिन आधारमा सञ्चालन हुने यस प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागी छन्। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ।

भोलीका खेलहरू बिहान ८ बजे महिला तर्फ टिपटप न्यू डायमण्ड र गण्डकी प्रदेश बीच, बिहान १० बजे एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बीच, मध्यान्न १२ः१५ बजे पुरुष तर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट बीच, र दिउँसो २ः१५ बजे पुरुष तर्फ गण्डकी प्रदेश र एपिएफ क्लब बीच हुनेछ।

२१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ र पुरुषतर्फ प्रत्येक दिन ४ खेल सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख ५० हजार १ सय ११, उपविजेता टिमलाई रु १ लाख १ सय ११, र तृतीय टिमलाई रु ५० हजार १ सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिनेछ।

 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal