‘सिएमसी कर्पोरेट कप’को उपाधि एजुकेशन प्लानेटले जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१८
  • |
  • 359 पटक हेरिएको

पहिलो संस्करणको ‘सिएमसी कर्पोरेट कप’ इन्डोर क्रिकेट प्रतियोगिता एजुकेशन प्लानेटले जितेको छ। भरतपुर-३ स्थित क्यासी स्पोर्ट्स एण्ड रिक्रियशनल सेन्टरमा गयराति सम्पन्न भएको रोमाञ्चक फाइनलमा एजुकेशन प्लानेटले सेन्ट्रल कलेजलाई ८ रनले हराउँदै उपाधि जित्न सफल भएको हो।

फाइनलमा सेन्ट्रल कलेजलाई जितका लागि अन्तिम ओभरमा २३ रनको आवश्यकता थियो, तर उनीहरूले मात्र १४ रन जोड्न सके। यस प्रकार, एजुकेशन प्लानेटले निर्णायक क्षणमा विजय हासिल गर्दै पहिलो संस्करणको ‘सिएमसी कर्पोरेट कप’को उपाधि जित्न सफल भएको हो।

विजेताले नगद ५० हजार रुपैयाँ, आकर्षक ट्रफी र मेडल प्राप्त गरेको छ, जबकि उपविजेताका रूपमा सेन्ट्रल कलेजले नगद २५ हजार रुपैयाँ र ट्रफी तथा मेडल प्राप्त गरेको छ।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि चितवन मेडिकल कलेज (सिएमसी) का निर्देशक प्रोफेसर डा. दयाराम लम्साल, चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल, र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले पुरस्कार प्रदान गरेका थिए।

समारोहमा बोल्दै सिएमसीका निर्देशक डा. लम्सालले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा चितवन जिल्ला क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि क्रिकेट खेलहरूमा सहकार्य गर्न प्रतिबद्धता जनाए। संघका सल्लाहकार वाइबी पौडेलले प्रतियोगिताका विजेता र उपविजेता टिमलाई बधाई दिए र भविष्यमा पनि यसैगरी प्रतियोगिता आयोजना गर्न आवश्यक सहयोगको अपेक्षा राखे।

चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले वर्षायामको समयमा पहिलोपटक यस किसिमको प्रतियोगिता आयोजना गरिएकोमा सबैको सहयोगले सफल भएकोमा खुशी व्यक्त गरे। उनले आगामी दिनमा पनि यसैगरी सबैको साथको अपेक्षा राख्दै चितवनमा क्रिकेट गतिविधि बढाउन संघ सदैव तयार रहेको बताए। संघका सचिव सुरज ज्ञवालीले सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

‘सिएमसी कर्पोरेट कप’ इन्डोर लिग क्रिकेट प्रतियोगिता २०७९ सालको भदौ १४ देखि १७ गतेसम्म चलेको थियो। यस प्रतियोगितामा चितवन र नवलपरासीसहित कुल १६ वटा कर्पोरेट टिमहरूको सहभागिता रहेको थियो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal