भारतीय भलिबल टिमकी कप्तान जिनी कोभात मधेश युनाइटेडबाट खेल्ने

Kelmi

  • |
  • २०८१-०५-१८
  • |
  • 399 पटक हेरिएको

हाइलाइट्स

 

मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल)का लागि भारतीय भलिबल टोलीकी कप्तान र सेटर जिनी कोभातलाई तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ। यो सँगै, मधेश युनाइटेडले ईडब्लुभिएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ, र उनीहरूले तीन विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली बनेका छन्।

मधेश युनाइटेडले यसअघि काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई पनि अनुबन्ध गरिसकेको छ। 

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिग आयोजना हुन लागेको हो। आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौँको दशरथ रंगशालामा कभर्डहलमा हुने ईडब्लुभिएलका लागि मधेश युनाइटेड व्यग्र प्रतिक्षामा छ।

विदेशी खेलाडी र नेपाली खेलाडीको मिश्रणले सन्तुलित टिम बनेको मधेश युनाइटेडले केही समय अघि काठमाडौँमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी कोभात उक्त टिमको कप्तान थिइन्। जिनीले भारतको प्रतिनिधित्व गर्दै एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप जस्ता प्रतियोगितामा खेलिसकेकी छन्।

जिनीको अनुबन्धपछि मधेश युनाइटेडमा खेलाडीहरूको संख्या ११ पुगेको छ। नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरको रूपमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र ३ विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal