साफ यु-२० च्याम्पियनसीपमा भुटानलाई नेपालले यसरी हरायो पेनाल्टी सुटआउटमा [भिडिओ]

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१०
  • |
  • 651 पटक हेरिएको

भुटानलाई हराउँदै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई उपाधिनजिक पुर्‍याएका हुन्।

निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा जेत्सुइन दोर्जीले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए। तर, निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा नीराजन धामीले नेपाललाई खेलमा फर्काए।

उनले लछु थापाको हुक पासलाई हेडिङमार्फत गोल गरेका थिए। जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो। समूहचरणमा उनले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal