ब्याडमिन्टनको उपाधिका लागि जीवन र पूर्ण भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२२
  • |
  • 186 पटक हेरिएको

नेप्लेज, २२ असार । तेश्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य र टीयूका पूर्णबहादुर थापा फाइनलमा पुगे । जीवनले केयूका विष्णु पाण्डेलाई २१–८ र २१–१२ तथा पूर्णले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशान्त भट्टलाई २१–१३ र २१–३ को सोझो सेटमा पराजित गरे ।

कीर्तिपुरमा भएको प्रतियोगिताको महिला सिंगल्समा टीयूकी सीताकुमारी राईले सुदूरपश्चिमाञ्चलकी हेमा जोशीलाई २१–५ र २१–५ तथा टीयूकी तारा आले मगरले केयूकी आस्मा भट्टराईलाई २१–१३ र २१–६ को सीधा सेटमा हराउदै फाइनलमा प्रवेश गरे ।

पुरुष डबल्समा टीयूका जीवन र पूर्णको जोडी तथा कृषिका प्रशान्त र लक्ष्मी जोडीले उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको महिलामा टीयूका तारा र सीताको जोडी तथा केयूका आस्मा र शान्ता अर्यालको जोडी उपाधिका लागि भिड्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey