माघ २०, सुनसरी । धरानमा शनिबारदेखि सुरु भएको २०औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा संकटाले मनाङ मस्र्याङदी क्लवलाई पराजित गरेको छ ।
धरान रंगशालामा दिउँसो भएको खेलमा संकटाले मनाङबिरुद्ध १–० गोलको जित निकालेको छ । जितसँगै संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ भने मनाङ बाहिरिएको छ ।
खेलको ७५औं मिनेटमा अर्नेष्ट टम्पले गरेको गोल नै संकटाको जितमा निर्णायक बन्यो । त्यसअघि मनाङले गोलका केहि अवसरहरु खेर फागेको थियो ।
मनाङ पोखराको आहा रारा गोल्डकपमा पनि क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।