राखेप र एन्फाबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका लागि छलफल

Kelmi

  • |
  • २०८१-०५-०१
  • |
  • 732 पटक हेरिएको

काठमाडौं, साउन ३१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बिहीबार छलफल भएको छ।

मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो। सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए।

‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला।’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने– ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला। त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ। बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन।’

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ। अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal