एन्फा महासचिव राईसहितको टोलीले गर्‍यो दशरथ रंगशालाको निरीक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-३०
  • |
  • 710 पटक हेरिएको

काठमाडौं । आगामी भदौ २ गतेबाट सुरु हुने साफ यु–२० च्याम्पियनसिपअघि एन्फाका महासचिव किरण राईसहितको टोलीले दशरथ रंगशालाको निरीक्षण गरेको छ। 

साफ सुरु हुन अब तीन दिन मात्रै बाँकी रहँदा मैदानको अवस्था बुझ्न महासचिवसहितको टोली बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेको हो।

निरीक्षणका क्रममा महासचिव राईले पहिलेको तुलनामा रंगाशाल धेरै बिग्रिएको बताए। त्यसैले साफका खेलहरू हुने सम्भावना कम रहेको उनको भनाइ छ। ‘२०१२ सालदेखिको यो मैदानमा काम चलाउ मात्रै हुँदै आएको छ। प्राविधिक र आधुनिक तरिकाबाट सञ्चालन गर्न सकिएको छैन,’ उनले भने।

निरीक्षणमा मैदान निमार्णको जिम्मा पाएका माउन्ड एभरेस्ट प्रालिका सिइओ थमन भुसाल, एन्फामा उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्य पुरुषोतम थापालगायत थिए। 

साफ यु–२० च्याम्पियनसिप आगामी भदौ २ गतेदेखि १२ गतेसम्म दशरथ रंगशालामा हुने तालिका छ। साफमा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश र माल्दिभ्सको सहभागिता रहेको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey