क्यानडामाथि नेदरल्यान्ड्सको जित

Kelmi

  • |
  • २०८१-०४-२८
  • |
  • 1140 पटक हेरिएको

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नेदरल्यान्ड्स क्यानडामाथि विजयी हासिल गरेको छ।

अमेरिका, क्यानडा र घरेलु टोली नेदरल्यान्ड्सबीच आइतबारबाट स्पोर्टस पार्क डुइवेस्टिन, वूरबर्गमा सुरु भएको त्रिकोणात्मक सिरिजमा घरेलु टोलीले विजयी सुरुआत गरेको हो।

नेदरल्यान्ड्सले क्यानडामाथि ५ विकेटको जित हासिल गर्यो।

यो जितसँगै आठ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ६ अंकका साथ चौथो स्थानमा कायमै रहेको छ। पराजित क्यानडा ८ अंकका साथ दोस्रो स्थानमा छ। स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

अंकतालिकामा २ अंकका साथ नेपाल छैटौं स्थानमा छ। लिग टुको शीर्ष चार टोलीले २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन्।

पाहुना टोली क्यानडाले दिएको १९५ रनको लक्ष्य घरेलु टोलीले ४५.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो।

नेदरल्यान्ड्सको जितमा म्याक्स ओ डाउडले अविजित रहँदै सर्वाधिक ७९ रन जोडे। उनले ११९ बलमा ८ चौका प्रहार गरे। यस्तै माइकल लेभिटले ५० बलमा ४५ रन जोड्दा विक्रमजित सिंहले ५० बलमा २९ रन बनाए। शरिज अहमद आठ रनमा अविजित रहे।

क्यानडाका लागि साद विन जाफरले ३ तथा जेरेमी गोर्डन र डिलोन हेलिङ्गरले समान १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

क्यानडाका लागि विकेटकिपर श्रेयस मोभ्भाले सर्वाधिक ६५ रन जोडेका थिए। उनले ९० बलमा ६ चौका प्रहार गरेका थिए। हर्ष ठाकरले ३५, साद विन जाफरले २२, दिलप्रित बाज्वाले २५ रन जोडेका थिए।

नेदरल्यान्ड्सका लागि काइल क्लेनले चार, पल भान मेकरमले तीन तथा भिभियन किंग्मा, आर्यन दत्त र माईकल लेभिटले समान एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal