पेरिस ओलम्पिक : महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफानलाई, सन्तोषी ७९औं स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-२७
  • |
  • 757 पटक हेरिएको

काठमाडौं। पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन्।

उनले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

यस्तै, दुई घन्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथाइपियाकी असिफा टिग्स्टले रजत पदक हात पारिन् । 

केन्याकी ओबिरी हेललले कास्य पदक हात पारिन्। उनले सो दूरी २ घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन्। म्याराथनमा ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये ११ जनाले दूरी पूरा गर्न सकेनन्।

नेपालकी सन्तोषी श्रेष्ठ भने ७९औं स्थानमा रहिन्। उनले सो दूरी २ घन्टा ५५ मिनेट ०६ सेकेन्डम पूरा गरिन्।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal