महिला विश्वकप बंगलादेशबाट सर्ने सम्भावना

Kelmi

  • |
  • २०८१-०४-२२
  • |
  • 1031 पटक हेरिएको

काठमाडौं । पछिल्लो राजनितिक अवस्थानका कारण आइसिसी महिला टी–२० विश्वकप बंगलादेशबाट सर्ने सम्भावना बढेको छ।

बंगलादेशमा प्रतियोगिता आयोजना गर्न सम्भव नभए अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले भारत, युएई र श्रीलंकालाई वैकल्पिक स्थानका रूपमा हेरेको छ। १० टोलीको सहभागिता रहने प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म हुने तय छ।

बंगलादेशमा विगत केही सातादेखि सरकार विरोधी आन्दोलन चलिरहेको छ, जसमा धेरैको संख्यामा मृत्यु भएको छ। आन्दोलन उग्र हुँदा सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत पुगेकी छन्।

प्रदर्शनकारीले बंगलादेश क्रिकेट टोलीका पूर्व कप्तान मशरफ मोर्तजाको घरसमेत तोडफोड गरेका छन्। उनी हसिनाको अवामी लिग पार्टीका सांसद हुन्।

आइसिसीका एक अधिकारीका अनुसार बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्पहरू खुला राखिएको छ।

आइसिसीले बंगलादेशको पछिल्लो अवस्थालाई नजिकबाट निगरानी गरिरहेको छ। हामी बंगलादेश क्रिकेट बोड ९ बसिसी०, उनीहरूको सुरक्षा एजेन्सी र हाम्रा सुरक्षा सल्लाहकारहरूसँग निरन्तर छलफलमा छौं। हाम्रो प्राथमिकतामा सुरक्षा हो,’ आइसिसीको विज्ञप्तिमा भनिएको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal