को बन्ला राखेपको उपाध्यक्ष ?

Kelmi

  • |
  • २०८१-०४-२०
  • |
  • 938 पटक हेरिएको

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्ष पद खाली भएको २ साता भएको छ । खेलकुद विकास ऐन २०७७ अनुसार नियुक्त भएका शिब कोइराला ज्वाला ४ वर्षे कार्यकाल पूरा गरेर विदा भएसँगै अहिले उक्त पदका लागि आकंक्षीहरुले दौडधूप तीव्र पारेका छन् ।

उपाध्यक्ष पद राजनीतिक नियुक्ति भएकाले अहिले युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व नेपाली कांग्रेसको हातमा छ । सप्तरीका तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री भएकाले अहिले नेपाली कांग्रेस निकट व्यक्तिहरुको बढी सक्रियता देखिएको हो । तर, सत्ता साझेदार दल नेकपा एमालेले भने उपाध्यक्षमात्रै नभई सदस्यसचिव र सदस्यहरुमा पनि प्याकेजमा समझदारी गर्नु पर्ने अडान राख्दै आएको छ ।

अहिले उपाध्यक्ष पद खाली भएकाले अधिकांशको ध्यान त्यतैतर्फ केन्द्रीत भएको बुझिएको छ । उपाध्यक्ष बन्नका लागि नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, भारत्तोलन प्रशिक्षक कनन चौधरी, नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका वरिष्ठ उपाध्यक्ष लालबहादुर जिसीसहित केही अरु पनि लविङमा लागेको स्रोतले जनाएको छ । 

शेरचन कांग्रेसकै भ्रातृ संस्था लोकतान्त्रिक खेलकुद संघकै अध्यक्ष भएको र लामोसमय देखि उपाध्यक्षमा राजनीतिक नियुक्ति हुने भएकाले आफ्नो स्वभाविक दावेदार भएको उनको दावी छ ।

शेरचनले उपाध्यक्ष बन्नका लागि नेताहरुसँगको भेघाटलाई तीव्रता दिए पनि मन्त्रीबाट भने अझैं ग्रीन सिंग्नल पाइसकेका छैनन् ।

शेरचनलाई लोकतान्त्रिक खेलकुद संघको कार्यसम्पादनबाट निर्णय गराएर पत्र पनि पार्टी सभापति र मन्त्रीलाई बुझाइएको छ ।

संंस्थागत निर्णय कार्यान्वयन गर्नु पर्ने पार्टीका शीर्ष नेताहरूले जोड दिएका छन् ।

यस्तै, जुम्लाका लालबहादुर जीसीले पनि आकंक्षा राखेका छन् । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका वरिष्ठ उपाध्यक्ष रहेका जीसीको पनि सम्भावना रहको छ । लामोसमयदेखि खेलकुदमा सक्रिय रहेका र नेताहरुसँग पनि राम्रो पहुँच भएकाले उनको चर्चा पनि छ । जिसी शीतल निवास नजिक रहेकाले त्यहाँबाट उनको विषयमा पनि मन्त्रीलाई केहीहदसम्म दबाब परेको छ । मन्त्री चौधरी नै शीतल निवासको कोटाबाट भएको चर्चा भइरहेकाले जिसीलाई उपाध्यक्ष बनाउनु पर्ने लबिङ पनि तिब्र भएको हो ।  

उता, मन्त्रीले हरेक भेटघाटमा आफ्नो समूदायका व्यक्तिहरु पछि परेको भन्दै आएका छन् । त्यसले गर्दा सप्तरीका कानन चौधरी पनि दावेदारका रुपमा देखिएका छन् । तेस्रो सागमा भारत्तोलनतर्फ कास्य पदक जितेका कानन अहिले भारत्तोलनकै प्रशिक्षक पनि हुन् । उनी सप्तरीकै भएकाले मन्त्रीको रोजाईमा पर्ने सम्भावना बढी देखिएको छ । तर, यी तीनबाहेक अरु नै उपाध्यक्ष नियुक्त हुने सम्भावना पनि उत्तिकै रहेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले राखेपको उपाध्यक्ष नियुक्त गर्छ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट उपाध्यक्ष नियुक्ति हुने सम्भावना रहेको छ । यसअघिनै राखेपको बोर्ड बैठक बोलाउन खोज्दा मन्त्रीले नै उपाध्यक्ष नियुक्त गरेपछि मात्रै बोलाउन भनेका थिए । यो महिनाभित्रै राखेपको बोर्ड बैठक बस्ने तयारी भएकाले सोमबारको मन्त्रिपरिषद्बाट उपाध्यक्ष नियुक्तिको सम्भावना रहेको बुझिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal