ओलम्पिक फुटबलमा क्यानाडाको ६ अङ्क किन घट्यो ?

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०४-१७
  • |
  • 1179 पटक हेरिएको

महिला ओलम्पिक फुटबलमा जासुसी काण्डमा ६ अङ्कको कटौतीलाई खेलकुदका लागि मध्यस्थता अदालतमा क्यानाडाले गरेको अपील असफल भएपछि यथावत गरिएको छ ।

स्विट्जरल्याण्डमा रहेको निकायलाई विश्व फुटबलको नियामक निकाय फिफाले दिएको सजायको समीक्षा गर्न भनिएको थियो । यसले वर्तमान ओलम्पिक च्याम्पियनलाई पेरिस खेलकुदमा समूह चरणबाट बाहिरिने खतरा बढेको थियो ।

तर, समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० ले स्तब्ध बनाउँदै अर्को चरणमा प्रवेश गर्न सफल भयो । समूह चरणका तीन खेल नै जितेको क्यानडाले ६ अंक गुमाउँदा पनि ३ अंकका साथ दोस्रो स्थानमा रहेर अर्को चरणमा स्थान बनाएको हो । क्यानाडाले न्युजिल्यान्ड र फ्रान्स विरुद्धका आफ्ना दुवै खेल जितेको थियो । यी दुवै खेलबाट जोडेको ६ अंक घट्दा कोलम्बियाविरुद्धको खेल अघि सून्यमा झरेको थियो ।

क्यानाडाका एक सदस्यले न्युजिल्यान्डसँगको खेलअघि प्रशिक्षण सत्रको जासुसी गर्न ड्रोनको प्रयोग गरेपछि सजायका रूपमा क्यानडालाई छ अङ्क कटौती गरिएको हो । यसैगरी दुई लाख २६ हजार डलर जरिवाना लगाइएको थिया । उक्त खेल क्यानाडाले २–१ ले जितेको थियो । 

प्रशिक्षक बेभ प्रिस्टम्यानलाई यसअघि फिफाले उक्त काण्डमा उनको जिम्मेबारीका लागि फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

प्रिस्टम्यानजस्तै इङ्ग्ल्यान्डकै सहायक प्रशिक्षक एन्डी स्पेन्सलाई फ्रान्सविरुद्धको आइतबारको खेलका लागि टोलीको अन्तरिम जिम्मेवारी दिइएको थियो ।

अनाधिकृत ड्रोन उडाएपछि समातिएका विश्लेषक जोई लोम्बार्डीलाई आठ महिनाको निलम्बित जेल सजाय सुनाइएको थियो र टोलीले घर पठाएको थियो । लोम्बार्डी र सहायक प्रशिक्षक जसिम मन्डरलाई पनि फिफाले एक वर्षको प्रतिबन्ध लगाएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal