सन्दीप र दीपेन्द्र आबद्ध भ्यानकुभरको लगातार चौथो हार

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-१७
  • |
  • 482 पटक हेरिएको

काठमाडौं । लेग स्पीनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल टी२० लिग अन्तर्गत लगातार चौथो खेलमा पराजय ब्यहोरेको छ।

भ्यानकुभर सिएए सेन्टमामा बुधबार ब्राम्पटन वुल्भ्ससँग ६ विकेटले पराजित भएको हो। 

यसअघि भ्यानकुभरले नेसनलसँग आठ विकेट, बंगला टाइगर्ससँग २२ र मोन्ट्रियल टाइगर्ससँग १० रनको हार ब्यहोरेको थियो । 

भ्यानकुभरले दिएको को १५० रनको लक्ष्य ब्राम्पटनले १८.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।

ब्राम्पटनका लागि ब्यू वेभस्टरले ३७ बलमा तीन छक्का र दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे। यसैगरी निक होब्सनले अविजित ३७, कप्तान डेभिड वार्नरले २५ र जर्ज मुन्सेले २० रन बनाए।

यता बलिङतर्फ भ्यानकुभरका लागि ड्वेन प्रिटोरियस, ऋषिभ जोशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। दीपेन्द्रसिंह ऐरी चार ओभरमा १८ रन खर्चिए पनि विकेटविहिन बने।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भ्यानकुभरले निर्धारत २० ओभरमा चार विकेट गुमाउँदै १४९ रन बनाएको थियो।

भ्यानकुभरका लागि रिची बेरिङ्टनले अविजित ३८, आसिफ अलीले अविजित ३६, रिजा हेन्ड्रिक्सले २७, मुनिर अहमदले २१ र कप्तान उस्मान ख्वाजाले १७ रन बनाए।

बलिङतर्फ ब्राम्पटनका लागि थोमस डार्काले दुई तथा ब्यू वेभस्टर र एन्ड्रयु टाइले एक विकेट लिए। 

जितसँगै ब्राम्पटनले चार खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको भ्यानकुभर अंकविहीन रहेको छ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal