सन्दीप र दीपेन्द्र आबद्ध भ्यानकुभरको लगातार तेस्रो हार

- |
- २०८१-०४-१४
- |
- 1057 पटक हेरिएको
काठमाडौं । नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछान र अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शन गर्दा गर्दै ग्लोबल टी(२० लिगमा भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ। मन्ट्रिल टाइगर्सको भने यो लगातार दोस्रो जित हो।
आइतबार राति भएको खेलमा मन्ट्रियल टाइगर्ससँग भ्यानकुभर नाइट्स १० रनले पराजित भएको हो।
मन्ट्रियल टाइगर्सले दिएको १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्सले निर्धारित २० ओभरमा ६ वविकेट गुमाउदै १३४ रन मात्रै बनाउन सक्यो।
भ्यानकुभर नाइट्सका रिजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए। ड्वेन प्रिटोरियस ३१ र हर्ष ठाकर १८ रनमा आउट हुँदा दीपेन्द्र ३० र सन्दीप एक रनमा अविजित रहे।
मन्ट्रियल टाइगर्सका आयन अफजल खानले सर्वाधिक तीन विकेट लिए। कलिम सानाले दुई र अजमातुल्लाह उमरजाईले एक विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको मन्ट्रियल टाइगर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४४ रन बनाएको थियो।
भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो नेसनलसँग आठ विकेट र बंगला टाइगर्स २२ रनले पराजित भएको थियो।