भदौ १ देखि कर्पोरेट टी-१० क्रिकेट

- |
- २०८१-०४-०८
- |
- 559 पटक हेरिएको
भदौमा टी १० कर्पोरेट क्रिकेट लिग (सीसीएल) हुने भएको छ । भेट्रान्स फोर्टी प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको प्रतियोगिता (सीसीएल) ललितपुरको हात्तिवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा भदौ १ देखि ४ सम्म आयोजना हुनेछ ।
उक्त प्रतियोगितामा २० वटा कर्पोरेट टोलीको सहभागिता हुने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजक भेट्रान्स फोर्टी प्राइभेट लिमिटेडले जनाएको छ । २० टोली भने पनि सबैको नाम भने तय भइसकेको छैन । आयोजकका अनुसार २० टोलीलाई ४ समूहमा विभाजन गरिने छ ।
यसैगरी टिम सहभागिताका लागि ५० हजार रुपैयाँ पनि तोकिएको भेट्रान्स फोर्टी प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए । समापनका अवसरमा प्लेयर अफ द सिरिज, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट विकेटकिपर, फेयर प्ले र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पनि ट्रफी प्रदान गरिने छ ।