सदस्य–सचिव घिसिङ फ्रान्स प्रस्थान

-
नेप्लेज
- |
- २०८१-०४-०५
- |
- 762 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ शनिबार फ्रान्सको पेरिस प्रस्थान गरेका छन् । पेरिस ओलम्पिक– २०२४ मा नेपाली टोलीको ‘सेफ दि मिसन’ का रुपमा सहभागी हुन सदस्य–सचिव घिसिङ पेरिस प्रस्थान गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शितल निवासमा ‘सेफ दि मिसन’ घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुका साथै पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरेका थिए ।
सदस्य–सचिव घिसिङको अनुपस्थितिमा राखेपका बोर्ड सदस्य अञ्जन धमलाले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्ने छन् ।