दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२६
  • |
  • 740 पटक हेरिएको

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली दोस्रो अभ्यास खेलमा पनि श्रीलंका डेभलभमेन्ट टोलीसँग पराजित भएको छ।

दोस्रो अभ्यास खेलमा नेपाल चार विकेटले पराजित भएको हो। मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको थियो।

नेपालले दिएको १०७ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाका लागि एस सिनाराथिनीले २७ तथा एस सन्दीपानीले १९ रन बनाइन्।

नेपालका लागि सबनम राई र कविता जोशीले समान एक एक विकेट लिईन्। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनायो।

नेपालका लागि कविता कुवरले २९ तथा कप्तान ईन्दु बर्माले २८ रन बनाईन्।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal