यमल युरो कपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी

-
नेप्लेज
- |
- २०८१-०३-२६
- |
- 832 पटक हेरिएको
काठमाडौं । स्पेनिस विंगर लामिन यमल युरो कपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
गएराति सम्पन्न युरो कप २०२४ को पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गर्दै यमलले यस प्रतियोगिताको इतिहसमै गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका हुन्।
खेलको २१औं मिनेटमा १६ वर्षीय यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काएका थिए।
त्यसअघि खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
यमल १६ वर्ष ३६२ दिनका छन्। यसअघि सन् २००४ को युरोकपमा स्विट्जरल्यान्डका जोहान भोनलन्थेन १८ वर्ष १४१ दिनको उमेरमा फ्रान्सविरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए।
यमलले गोल गरेको चार मिनेटपछि डानी ओल्मोले गोल गर्दै स्पेनलाई २(१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो।
स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।
को हुन् यमल ?
लामिन यमाल युरोपियन फुटबलको युवा स्टार खेलाडी हुन्। उनी अहिले भर्खर १६ वर्ष ३६२ दिनका भए। उनको जन्म २००७ जुलाई १३ मा स्पेनको काटालोनियामा भएको हो। उनका पिता मोरोक्कोका नागरिक हुन् भने आमा इथुजिया कि हुन्।
उमेसमूह देखी नै रोम्रो प्रदर्शन गर्दै आएका उनले हालसम्म स्पेनको राष्ट्रिय टोलीबाट ७ क्याप जितिसकेका छन्। यमाल १६ वर्ष ३३८ दिनको उमेरमा स्पेनको उद्घाटन खेलमा सहभागी भएर युरोपियन च्याम्पियनसिपमा खेल्ने सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन्।
उनले आफ्नो देशको लागि हालसम्म १० खेल खेलेका छन्। जसमा तीन गोल र ६ असिस्ट गरेका छन्। हाल उनी बार्सिलोनाका नियमित खेलाडी पनि हुन्, उनले गत सिजन मात्र बार्सिलोनाका लागि ५१ खेल खेलेका थिए। जसमा सात गोल र १० असिस्ट गरेका छन्। उनि बार्सिलोनाको युथ टिम हुँदै, यु १६, यु १९ हुँदै सिनियर टोलीमा आवद्ध छन्।