गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक 

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०३-२५
  • |
  • 980 पटक हेरिएको

पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन् ।

भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो ।

उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी-२० विश्वकप पछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

यस क्रममा उनले  टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।

टी २० विश्वकप २०२४ पछि, भारतको युवा टोली जिम्बाब्वेको भ्रमणमा छ । त्यहाँ भीभीएस लक्ष्मणले प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्। यसपछि टोलीले श्रीलंकाको भ्रमण गर्नुपर्नेछ र श्रीलंका भ्रमणबाट गौतम गम्भीरले प्रशिक्षकको भूमिका निभाउने छन् ।

       

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal