काभा यु२० महिला भलिबल : नेपालको पहिलो खेल श्रीलंकासँग

-
नेप्लेज
- |
- २०८१-०३-२५
- |
- 699 पटक हेरिएको
काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएकोछ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलबार सर्वाजनिक गरेको तालिका अनुसार उक्त खेल जुलाई १८ मा हुनेछ।
यसैगरी नेपालले जुलाई १९ मा किर्गिस्तान तथा जुलाई २० मा आयोजक माल्दिभ्ससँग खेल्नेछ। प्रतियोगितामा सहभागी सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
प्रतियोगिता माल्दिभ्समा हुनेछ।