नेपाल ३३ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२५
  • |
  • 1052 पटक हेरिएको

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली श्रीलंका डेभलभमेन्ट टोलीसँग पराजित भएको छ। 

पहिलो अभ्यास खेलमा नेपाली टोली ३३ रनले पराजित भएको हो। 

श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याएको नेपालले बर्षाका कारण छोट्याईएको १५ ओभरमा ९ विकेट गुमाएर मात्र ६३ रन बनायो। 

नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ तथा सिता राना मगरले २८ बलमा ११ रन बनाईन्। 

श्रीलंकाका लागि दिवामी भिहागांले तीन तथा एम सिहानीले दुई विकेट लिईन्। 

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो। 

श्रीलंकाका लागि आई दुलानीले ४१ बलमा १७ तथा के नुथानगंगाले ४१ बलमा २७ रन बनाईन्। 

नेपालका लागि सवनम राईले तीन तथा राजमती ऐरीले एक विकेट लिईन्। दोस्रो अभ्यास खेल बुधबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal