राखेपमा २ जना सदस्य नियुक्त 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२५
  • |
  • 587 पटक हेरिएको

युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्यमा २ जनालाई मनोति गरेका छन् ।

मन्त्री श्रेष्ठ दक्षिण कोरियाको भ्रमणमा जानु अघि नै २ जना सदस्य मनोनित गरेको बताइए पनि यसको जानकारी भने ढिला गरी सार्वजनिक भएको हो ।

मन्त्री श्रेष्ठले विश्वविद्यालय कोटामा मधुसुदन सुवेदी र पारा खेलकुदकोटामा पारालम्पिक कमिटीका रामचन्द्र श्रेष्ठलाई मनोनित गरेका हुन् ।

उनीहरुलाई असार १४ गते मनोनित गरिएको हो । श्रेष्ठ राष्ट्रिय पारालम्कि कमिटी नेपालका केन्द्रीय सदस्य हुन् ।

यसैगरी गण्डकी विश्वविद्यालयका सुवेदी विश्वविद्यालय कोटामा सदस्य मनोनित भएका हुन् ।

उनी विश्वविद्यलायको स्नातकतह खेलकुद व्यवस्थापन संकायको संयोजक रहेका छन् । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey