बलिङ राम्रो, फिल्डिङ र ब्याटिङ कमजोर : रोहित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०७
  • |
  • 498 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकपमा बलिङ राम्रो, तर फिल्डिङ र ब्याटिङमा कमजोरी भएको बताए । 

बिहीबार स्वदेश फर्केपछि कप्तान रोहितले पिचको अवस्थाका कारण सोचेजस्तो ब्याटिङ नभएको पत्रकार सम्मेलनमा बताएका हुन् ।

विश्वकपमा सहभागी भएको नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट पराजित भएको थियो ।

टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रन र बंगलादेशबाट २१ रनले पराजित नेपालले श्रीलंकाविरुद्ध अंक बाँडेको थियो ।

शीर्ष क्रमका ब्याट्सम्यानले जिम्मेवारीपूर्वक नखेल्दा नेपालले जित निकाल्न नसकेको कप्तान रोहितको भनाई छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey