अन्तिम खेलमा पराजित आरसी–३२ उपविजेत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 534 पटक हेरिएको

काठमाडौं । सुर्खेतको आरसी–३२ फुटबल एकेडेमी सहिद स्मारक सी डिभिजन लिगको अन्तिम खेलमा पराजित हुँदै उपविजेतामा सिमित बनेको छ। 

लगनखेलस्थित आर्मी तालिम केन्द्रमा बुधबार सम्पन्न खेलमा सानेपा युवा क्लबसँग ३–२ गोलले पराजित भयो। 

यो पराजयसँगै १३ खेलबाट २६ अंक रहेको आरसी–३२ ले दोस्रो स्थानमा रहँदै यस सिजन अन्त्य गर्यो। १३ खेलबाट ३० अंक जोडेको बागमती युवा क्लब भने लिग च्याम्पियन बन्यो।

गत चैत २२ गतेबाट सुरु भएको यस प्रतियोगितामा आरसी–३२ ले १३ खेलमा आठ जित, दुई बराबरी र तीन हार ब्यहोरेको छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey