नेपाल र श्रीलंका पहिलो पटक भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 372 पटक हेरिएको

काठमाडौं । नेपाल र श्रीलंका विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक एक अर्केसँग प्रतिस्पर्धा गर्दै छन्।

वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकपमा श्रीलंका र नेपाल पहिलो पटक एक अर्काको सामना गर्दैछन्। उमेर समूहमा भने पटक पटक भेट भएको इतिहास छ।

बुधबार बिहान सवा पाँचमा हुने खेलमा नेपाल र श्रीलंकाबीच भिड्न्त हुनेछ।

नेपाल र श्रीलंकाको यो ओडिआई र टी-२० आईमा पहिलो भेट हुनेछ। नेपालले २४औं टी-२० आई प्रतिद्वन्दीका रुपमा श्रीलंकासँग पाउँने भएको छ। नेपाल र श्रीलंकाबीचको खेल फ्लोरिडामा १२ जुन अर्थात ३० जेठमा हुनेछ।

श्रीलंकाविरुद्धको खेल नेपालले पाँचौ टेस्ट मान्यता पाएको राष्ट्रको टी-२० आई खेल हुनेछ। यसअघि नेपालले टेस्ट मान्यता पाएका भारत, जिम्बावे, आयरल्यान्ड र बंगलादेशसँग खेलिसकेको छ। सन् २०१४ को टी-२० विश्वकपमा नेपालले अफगानिस्तानसँग खेलेको भए पनि अफगानिस्तानले सो समयमा टेस्ट मान्यता पाएको थिएन ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey