डी जोङले युरो कप गुमाउने
- नेप्लेज
- |
- २०८१-०३-०१
- |
- 377 पटक हेरिएको
काठमाडौं । नेदरल्यान्ड्सका मिडफिल्डर फ्रयांकी डी जोङले युरो कप २०२४ गुमाउने भएका छन्।
२७ वर्षीय डी जोङ कुर्कुचाको चोटका कारण उने जुन १५ बाट जर्मनीमा आयोजना हुने युरो कप गुमाउने भएका हुन्। नेदरल्यान्ड्सले जुन १६ मा पोल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
गत मार्चमा चोट लागे यता उनले स्पेनिस क्लब बार्सिलोनाका लागि मात्र तीन खेल खेलेका छन्।
चोट निको हुने आसामा प्रशिक्षक रोनाल्ड कोम्यानले डी जोङलाई टोलीमा समावेश गरेका थिए। तर, डी जोङ पूर्ण रूपमा ठिक नभएका कारण जोखिम लिन नचाहेको डच फुटबल संघले जनाएको छ।