बंगलादेशलाई ११४ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२८
  • |
  • 686 पटक हेरिएको

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ११४ रनको विजयी लक्ष्य दिएको छ।

अमेरिकाको न्युयोर्कमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन बनायो।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए। डेबिड मिलरले ३८ बलमा १ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए। ओपनर क्विटन डि ककले ११ बलमा १८ रन बनाए।

बंगलादेशका लागि तान्जिम हसन सकिबले तीन तथा तस्किन अहमदले दुई विकेट लिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal