कोहल्पुर क्रिकेट एकेडेमी र सिन्थेटिक ट्रयाकको निरीक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२७
  • |
  • 464 पटक हेरिएको

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपालगन्जमा निर्माणाधीन कोहल्पुर महिला क्रिकेट एकेडेमी र नेपालगन्ज रंगशालामा निर्माणाधीन सिन्थेटिक ट्रयाकको आइतबार निरीक्षण गरेका छन्।

दुवै पूर्वाधारको निरीक्षणका क्रममा सदस्य–सचिव घिसिङले निर्माणको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधिलाई समयमा काम सम्पन्न गर्नेतर्फ गम्भीर हुन र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए।

सो अवसरमा राखेपका सदस्य पेमा डोल्मा लामा, एलबी क्षेत्री, दिपेन्द्र विष्ट, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेललगायतको उपस्थिति रहेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey