एनभिए भलिबल लिगमा उषा र मुबासर सर्वोकृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२६
  • |
  • 659 पटक हेरिएको

काठमाडौं । नेपाल पुलिस क्लबकी उषा भण्डारी र हेल्प नेपाल स्पोर्टस क्लबका मुबासर राजा वाटो आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

उषा महिलातर्फ र पाकिस्तानका मुबासर पुरुषतर्फ सर्वोकृष्ट चुनिए। सर्वोत्कृष्ट दुवैले समान ५० हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र पाए।

यसैगरी महिलातर्फ विधागत उत्कृष्टमा एभरेस्टकी केपी अनुश्री स्पाइकर, पुलसकी कमला पुन सेटर, एपिएफकी निरुता ठगुन्ना सर्भर, पुलिसकी शान्तिकला तामाङ लिबेरो र पुलिसकै रुपेशकुमार विष्ट प्रशिक्षक चुनिए भने एभरेस्टकी सूर्या उत्कृष्ट ब्लकर चुनिइन्। उनलाई होटल बागमती प्रालि तथा होटल अमरावती प्रालिका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले ट्रफी र चेक प्रदान गरे।

पुरुषतर्फ उत्कृष्टमा गण्डकीका सन्तोष स्पाइकर, हेल्प नेपालका अदनान सेटर, गण्डकीका रमन कुमार सर्भर, पुलिसका सफल विक ब्लकर, हेल्प नेपालका टोपबहादुर थापा (दीपक) लिबेरो र हेल्प नेपालकै उत्सव खड्का प्रशिक्षक घोषित भए ।

दुवैतर्फको विधागत उत्कृष्टले जनही २० हजार रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पुरुषतर्फ हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-१ तथा महिलातर्फ पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका थिए। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey