आयोजक हेराल्डको दुवै टोली प्रिक्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२६
  • |
  • 670 पटक हेरिएको

धापासीस्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको ‘ए’ र ‘बी’ दुवै टोली हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिनियर ब्वइजमै भ्याली पब्लिक, ग्रिनल्यान्ड, गोल्डेनपिक, स्कोलर्स होम, जेबी, ड्रिम वान, न्युटन, नेपाल मोडल, किङडम हिमालयन, एचएचसीए, पञ्चायण, लालीगुराँस नेसनल एकेडेमी, फोर इडियट्स र हुपर्स पनि प्रिक्वाटरफाइनलमा पुगे ।

सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’, एचएचसीए, मानसिंह, बसुन्धरा नेसनल एकेडेमी (बीएनए), ह्वाइट माउन्टेन, ग्रिनल्यान्ड, किङडम हिमालयन र लालीगुराँस क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

प्रतियोगिताको हेराल्डका प्रिन्सिपल विनोद रेग्मीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १ सय १७ टिमको सहभागिता रहेको छ । दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विजेता टोली खेलाडीले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र सहभागी खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey