एशियाडमा जाने खेलाडीलाई न्यूट्रिशियन बारे जानकारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२१
  • |
  • 379 पटक हेरिएको
नेप्लेज, २१ असार । एशियाली खेलमा जान बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई बिहिबार पोखरामा न्यूट्रिशियन (पोषण) सम्बन्धी जानकारी दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित उक्त कार्यक्रममा पोखरामा बन्द प्रशिक्षणमा रहेको कराते र प्याराग्लाइडिङका खेलाडी र प्रशिक्षक गरि २१ जना लगाएत स्थानिय प्रशिक्षकहरुको समेत सहभागिता रहेको थियो ।
पोषण विद कृष्ण प्रसाद लम्सालले सो अबसरमा खेलमा पोषण शैलीले निकै नै प्रभाव पार्ने बताए ।
खेलमा पोषण शैलीले पदकको सम्भावनालाई समेत प्रभाव पार्ने हुनाले यो बास्तबिकता निति निर्माता तह सम्म बुझ्न आबश्यक रहेको बताए । खेलमा जस्तै खेलाडीले आफ्नो पोषण युक्त आहारमा समेत ध्यान पु¥याउनु पर्ने कुरामा उनले जोड दिए ।
परिषद्का उप निर्देशक बाबुराम नेपालले एशियाडका लागि तयारीमा रहेका विभिन्न खेलका १ सय ८१ जनालाई पोषण सम्बन्धी जानकारी दिइएको बताए । उनले एशियाडमा तयारीमा रहेका खेलाडीलाई यो कार्यक्रमले सहयोग पुग्ने बताए ।
साउन महिना देखि सबै खेलाडी वैदेशिक प्रशिक्षणमा जाने भएकोले पनि यो जानकारी प्रभावकारी हुने उनको भनाइ छ ।
परिषदले विराटनगर, काठमाडौ, महेन्द्रनगर र पोखरामा गरि चार ठाउँमा उक्त प्रशिक्षण दिएको हो ।
यि चारै स्थानमा एशियाडमा जाने खेलाडीहरु बन्द प्रशिक्षणमा व्यस्त छन । पोखरामा कराते र प्याराग्लाइडिङका खेलाडीहरु बन्द प्रशिक्षणमा छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey