खेल पूर्वाधार लागि १ अर्ब ३० करोड बजेट विनियोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१५
  • |
  • 421 पटक हेरिएको

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि खेल पूर्वाधार लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनलाई सम्बोधन सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

यस्तै, भरतपुरमा रहेको गौतम बुद्ध क्रिकेट रंगशालाई संघ, प्रदेश र स्थानीय तह संलग्न भएर बनाउने, त्रिवि क्रिकेट मैदानको स्तरोन्नती गर्ने पुनले बताए ।  

मूलपानीको क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने बताए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey