एफए कप फाइनल : पहिलो हाफमा युनाइटेड २-० ले अघि

-
नेप्लेज
- |
- २०८१-०२-१२
- |
- 588 पटक हेरिएको
काठमाडौँ । एफए कफको उपाधिका लागि जारी प्रतिस्पर्धामा म्यान्चेस्टर सिटीविरुद्ध म्यान्चेस्टर युनाइटेडले अग्रता बनाएको छ।
वेम्बली स्टेडियममा सम्पन्न पहिलो हाफमा युनाइटेडले २-० को अग्रता बनाएको हो।
युनाइटेडका लागि खेलको ३०औँ मिनेटमा एलेजान्द्रो गार्नाचोले गोल गर्दै शुरूआती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मार्को रास्फोर्डले गरेको गोलले मान्यता पाएन।
३९औँ मिनेटमा कोबी माइनूले गोल गरेपछि युनाइटेडले पहिलो हाफमै २-० को अग्रता बनायो।
यस सिजनको प्रिमियर लिग च्याम्पियन सिटी दोस्रो उपाधि जित्ने लक्ष्यमा हुनेछ। युनाइटेड भने सिटीलाई स्तब्ध पार्दै यस सिजनको पहिलो उपाधि जित्न चाहन्छ।