बास्केटबलमा त्रिपक्षीय सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२१
  • |
  • 542 पटक हेरिएको

नेपाल विद्यालय खेलकुद महासंघ, नेपाल बास्केटबल संघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघबीच बुधबार त्रिपक्षीय सम्झौता भएको छ ।

विद्यालय खेलकुदका अध्यक्ष विनोद श्रेष्ठ, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य राजकुमार कार्कीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

बास्केटबलमा उमेरसमूहको प्रतियोगिता, प्रशिक्षण, विद्यालयस्तरदेखि बास्केटबलको विकास र प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहभागिता, भौतिक पूर्वाधारलगायतमा सहकार्य गर्ने गरी सम्झौता भएको जनाइएको छ । यसअघि नेपाल रग्बी संघ र नेपाल ब्याडमिन्टन संघसंग पनि यस्तै प्रकारको सम्झौता भएको थियो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey