दिल्लीलाई २७३ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२१
  • |
  • 437 पटक हेरिएको

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को १६ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सलाई २ सय ७३ रनको लक्ष्य दिएको छ । 

दिल्लीको घरेलु मैदान विशाखापटनममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनायो । 

कोलकाताका लागि सुनिल नारनले ३९ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ८७ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङमा आएका अंगकृष्ण रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । नारन र रघुवंशीले दोस्रो विकेटका लागि ४८ बलमा १ सय ४ को शतकीय साझेदारी गरे । 

आन्द्रे रसेलले १९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । ओपनर फिलिप साल्टले १२ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाए । रिंकु सिंहले ८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए । कप्तान श्रेयस अय्यरले ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाए । 

दिल्लीका लागि एनरिक नोर्कियाले ३ तथा इशान्त शर्माले २ विकेट लिए । मिचेल मार्शले १ विकेट लिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey