न्यूक्यासल युनाइटेड एभर्टनसँग राेकियाे

-
नेप्लेज
- |
- २०८०-१२-२१
- |
- 376 पटक हेरिएको
काठमाडौँ। शुरूआती अग्रता जोगाउन नसक्दा न्यूक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ।
सेन्ट जेम्स पार्कमा बुधबार राति सम्पन्न खेलमा एभर्टनसँग घरेलु टोली न्यूक्यासल १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको शुरूआती अग्रता भने न्यूक्यासलले लिएको थियो। हार्वो बार्नेसको पासमा अलेक्जेन्डर इसाकले न्यूक्यासललाई अग्रता दिलाएका थिइ।
५८औँ मिनेटमा डेन बर्नले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। तर, उक्त गोललाई भीएआरले मान्यता दिएन।
८८औँ मिनेटमा एभर्टन खेलमा फर्कियो। डोमिनिक क्याल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए।
बराबरीसँगै आठौँ स्थानमा रहेको न्यूक्यासलले ३० खेलमा ४४ अंक जोडेको छ।
१६औँ स्थानमा रहेको एभर्टनको समान खेलबाट २६ अंक रहेको छ।
अन्य खेलको नतिजा
नटिङ्घमविरुद्ध फुलहम ३-१
बोनमाउथविरुद्ध किस्टल प्यलेस १-०
बर्नलीविरुद्ध उल्भ्स १-१