मण्डिखाटार फस्ट एमेच्योर टेनिसमा पहिलो दिन के भयो?  

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२०
  • |
  • 899 पटक हेरिएको

मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको  उद्घाटन टेनिस संघका पूर्व अध्यक्ष मनोज शमसेर जवराले उद्घाटन गरेका थिए । २५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न उमेर समूहमा १२७ जना प्रतियोगिले सहभागिता जनाएका छन् । 

जसमा अन्डर ३५, ४५, ५५ र ६५ वर्ष माथिका गरी चार उमेर समूहका खेलाडी  रहेका छन् । जसमा सिंगल र डबल्स गरी ८ बिधामा प्रतिस्पर्धा हुने छ । अन्डर ३५ वर्ष उमेर समुहमा प्रथम हुने एकल विजेताले २५ हजार,दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पुरस्कार पाउने छन् ।

 

अन्डर ४५ वर्ष उमेर समुहतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार, अन्डर ५५ वर्ष उमेर समुहमा पनि प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् । यस्तै, ३५ वर्ष उमेर समुहमा दुई जना खेलाडीतर्फ भने प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको पुरस्कार राशीको व्यवस्था गरिएको छ ।  

प्रतियोगिताको पहिलो दिन ६५ वर्ष माथि सहदेव ढुंगाना र रत्न गुरुङको जोडीले वाकओभर पाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

यसैगरी अर्को खेलमा धिर गुरुङ र रविन्द्र श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको छ । यो जोडीले भिक्टर जवरा र नोरक्याल टास्टेनको जोडीलाई ६-३ र ६-३ को स्कोरमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस्तै, एकलतर्फ ६५ वर्ष माथिको उमेर समूहमा धु्रव गुरुङले राजेन्द्र जंग कार्कीलाई ६-४ र ६- १को स्कोरमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे । त्यस्तै ४५ वर्ष माथिको इभेन्टमा प्रदीप शाहले गोपाल ज्ञवालीलाई ६-१ र ६-३ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सिटीनको यात्रा तय गरेका छन् ।

एमेच्योर टेनिस प्रतियोगिता मण्डिखाटारमा शुरु

त्यसैगरी ५५ वर्ष माथिको उमेर समूहमा बिनोद कायस्थ, मनोज शाहले वाकओभर पाउँदै राउन्ड अफ सिक्सटीनको यात्रा तय गर्दा ४५ वर्ष माथिको इभेन्टमा केशर गुरुङले मनोज कुमार श्रेष्ठलाई ६-१, ६-३ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सटीनमा प्रवेश गरे । यही उमेर समूहमा हेमराज ढकालले भने वाकओभर पाएर अघि बढ्दा, ३५ वर्ष माथिको इभेन्टमा सोवित गौचन राउन्ड अफ सिक्सटीनमा पुग्दा नकुल थापाले वाकओभर पाएर अघि बढेका थिए ।

यसैगरी ४५ वर्ष माथिको डबल्समा किरन नेपाल र ओम अधिकारीको जोडीले गोपाल दास र निरेश श्रेष्ठको जोडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा ३५ वर्ष माथिको सिंगल्समा ब्रिजेस लाकोल, दीप जंगबहादुर राणाले अन्तिम १६ मा स्थान पक्का गरे । यसैगरी ४५ वर्ष माथिको सिंगल्समा मेघन्द्र प्रकाश गिरीले रमेश रोकालाई ३-६, ६-२ र १०-७ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सटीनमा स्थान पक्का गरे ।

त्यसैगरी यही उमेर समूहको सिंगल्समा सञ्जीव कुमार श्रेष्ठ, ३५ वर्षको सिंगल्समा कृष्ण उप्रेती विजयी हुँदै अघि बढ्दा समिर गुरुङले वाकओभर पाएर अन्तिम १६ मा स्थान पक्का गरे । त्यसैगरी ३५ वर्ष सिंगल्समा एलम दिक्षितले अन्तिम १६ मा स्थान पक्का गर्दा ५५ वर्ष सिंगल्समा जीवन घिमिरे, राम राणा, शिव सेडाईं र प्रदीप शाहले अन्तिम १६ मा आफूलाई सुरक्षित गरे । ३५ वर्षको डबल्समा राजु श्रेष्ठ र डीगेन्द्र श्रेष्ठ, निमा लामा र विभु कायस्थ तथा प्रवेश पन्त र ब्रिजेश लाकोलले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal