एरिकाले जितन् युएसए ओपन करातेमा स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१९
  • |
  • 402 पटक हेरिएको

 

नेपालकी एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक जितेकी छिन् । अमेरिकाको टेक्सासमा जारी प्रतियोगितामा एरिकाले यू २१ इलाइट महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । हुनले अमेरिकाकै खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए । 

चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा पुगेकी छन् । 

नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey