रोहित भन्छन्- सरकारले घोषणा गरेको पुरस्कार रकम पाइएन

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-१५
  • |
  • 321 पटक हेरिएको

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले खेलाडीहरूलाई सरकारले घोषणा गरेको पुरस्कार रकम नदिएकोप्रति गुनासो गरेका छन्। 

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नेपाली टोली भारत जानुअघि आयोजना गरेको विदाइ कार्यक्रम बोल्दै उनले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग गुनासो पोखेका हुन्। ‘सरकारले हामीलाई तोकेको पुरस्कार रकम पनि प्राप्त हुन सकेको छैन,’ पौडेलले भने। 

क्रिकेट टोलीलाई शुभकामना दिँदै मन्त्री श्रेष्ठले रोकिएका पुरस्कार राशिको प्रक्रियालाई अगाडि बढाउने बताए। राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्तताका कारण खेलाडीहरूलाई पुरस्कारबापतको रकम उपलब्ध गराउन नसकिएको उनको भनाइ थियो। 

‘सबैलाई शुभकामना दिन चाहन्छु र पुरस्कार राशिका कुराहरू छन्, सबै खेल क्षेत्रमा नै यो समस्या छ। हिजो भर्खरै हामीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो। यो सबै राजनीतिक क्षेत्र अव्यवस्थित हुँदा भइरहेको कुराहरू हो,’ उनले भने।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey